अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१५ | Colorodo: 04:30

इजरायली सेनाले आक्रमण गरेपछि दक्षिणी गाजाको सबैभन्दा ठूलो अस्पतालको सेवा बन्द

बिआरटीनेपाल २०८० फागुन ६ गते ६:२८ मा प्रकाशित

इजरायली सेनाले आक्रमण गरेपछि दक्षिणी गाजामा रहेको सबैभन्दा ठूलो अस्पतालको सेवा बन्द भएको छ ।विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डा. टेड्रोस अधानोम गेब्रेयससले डब्ल्यूएचओको टोलीलाई खान युनुस सहरको नासेर अस्पतालमा प्रवेश गर्न नदिइएको बतानुभएको बीबीसीले जनाएको छ । यस अस्पतालमा अहिले पनि झन्डै दुई सय जना घाइते र बिरामी उपचाररत छन् ।

डब्ल्यूएचओको टोलीले उनीहरुको अवस्थाबारे जानकारी लिन चाहेको थियो । इजरायली सेनाले कसैलाई पनि अस्पतालमा प्रवेश नदिएकाले त्यहाँभित्रका दुई सय जना घाइते र तथा बिरामीको अवस्था थाहा हुन सकेको छैन । इजरायलले नासेर अस्पताल र वरपरका क्षेत्रमा गरिएको सैन्य कारबाहीमा २० जनाभन्दा बढी हमास लडाकु मारेको बताएको छ । इजरायली सेनाले ठूलो परिमाणमा हतियार पनि बरामद गरेको दाबी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू