अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३४ | Colorodo: 02:49

थाइल्याण्डका पूर्व प्रधानमन्त्री सिनावात्रा रिहा

बिआरटीनेपाल २०८० फागुन ६ गते ६:०८ मा प्रकाशित

भ्रष्टाचारको अभियोगमा दोषी ठहर भएका थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा परोलमा रिहा हुुनुभएको छ । थाइल्याण्डको उच्च अदालतले सिनावात्रालाई आठ वर्षको जेल सजाय तोककोमा थाइल्याण्डका राजाले कैद अवधि मिनाहा गरी १ वर्षको सजायमा झार्नु भएको थियो ।१५ वर्षसम्म निर्वासनमा रहेका सिनावात्रालाई निर्वासनबाट फर्कने बित्तिकै प्रहरीले नियन्त्रणमा लिएको थियो । स्वास्थ्य अवस्था कमजोर भएका सिनावात्रा प्रहरीको अस्पतालमा रही सजाय काटिरहेकोमा मौखिक प्रतिज्ञामा रिहा हुनुभएको हो ।

प्रहरीको अस्पतालमा रहनुभएका सिनावात्रालाई स्वास्थ्य समस्याकै कारण यस्तो सविधा दिइएको हो । सिनावात्रा थाइल्याण्डका सबैभन्दा सफल निर्वाचित नेता मानिनुहुन्छ । सन् २००८ मा थाइल्याण्डको सैनिकले कु गरेसंगै उहाँ निर्वासन जीवन बिताउन बाध्य हुुनुभएको थियो । सिनावात्रा सन् २००१ देखि सन् २००६ सम्मका लागि प्रधानमन्त्री रहनुभएको थियो । हाल थाइल्याण्डमा सिनावात्राकै परिवारका सदस्यहरुको फेउ थाई पार्टी सत्तामा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू