अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३६ | Colorodo: 04:51

रुसमा नाभाल्नीको सम्झनामा गरिएका शोकसभाबाट १०० जनाभन्दा बढी पक्राउ

बिआरटीनेपाल २०८० फागुन ५ गते ६:४८ मा प्रकाशित

विपक्षी नेता एलेक्सी नाभाल्नीको स्मृतिमा आयोजित शोक कार्यक्रममा सहभागी १०० जनाभन्दा बढीलाई रुसी प्रहरीले हिरासतमा लिएको ओभीडी–इन्फो नामक मानवअधिकारवादी समूहले शनिबार जनाएको छ । क्रेमलिनका कट्टर आलोचक ४७ वर्षीय नभाल्नीको रुसको आर्कटिकमा १९ वर्षको जेल सजाय काटिरहेका बेला मृत्यु भएको शुक्रबार रुसी अधिकारीहरूले बताएका थिए । मृत्युको खबरले रुसभित्र र बाहिर रहेका नाभाल्नीका समर्थक र प्रशंसक शोकमा डुबेका छन् ।

रुसका अस्थायी स्मारकहरूमा फूल राख्न मानिस भेला भएका थिए । केही घटनामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको सामाजिक सञ्जालमा सम्प्रेषित फुटेजमा देखिएको छ । ओभीडी–इन्फोकाअनुसार, १० सहरबाट १०१ जनाभन्दा बढीलाई हिरासतमा लिइएको छ । राजधानी मस्कोबाट ११ र निज्नी नोभगोरोड, क्रास्नोडार, रोस्तोभ–अन–डन र ट्वेर सहरबाट ११ जनालाई हिरासतमा लिइएको छ । रुसमा असहमतिविरोधी कडा कानुनअन्तर्गत विरोध प्रदर्शन गैरकानुनी छ । अधिकारीहरूले नभाल्नीको समर्थनमा हुने र्‍यालीमा कडाइ गरेका छन् ।

रुसको राजधानी मास्कोको मध्यभागमा हुने विशाल र्‍यालीमा भाग लिन अनलाइनमार्फत गरिएको आह्वानबारे आफूहरू जानकार रहेको र त्यहाँ उपस्थित नहुन चेतावनी दिइएको रुसी प्रशासन र सरकारी अधिकारीहरूले शुक्रबार बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू