अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१४ | Colorodo: 04:29

रुसले कब्जा गर्न थालेपछि युक्रेनले अव्डिभका सहरबाट सेनालाई फिर्ता बोलायो

बिआरटीनेपाल २०८० फागुन ५ गते ६:२० मा प्रकाशित

रुसले कब्जा गर्न थालेपछि युक्रेनले पूर्वी सहर अव्डिभकाबाट आफ्ना सेनालाई फिर्ता हुन आदेश दिएको छ ।युक्रेनी सशस्त्र सेनाका कमान्डर ओलेक्जेन्डर स्टिरस्कीले आफ्ना सेनालाई फिर्ता बोलाइएको बताएका बीबीसीले उल्लेख गरेको छ । अव्डिभका सहरलाई रुसी सेनाले घेरा हालेर राखेका छन् । एक/दुई दिनमा युक्रेनी सेना फिर्ता नभएमा ठूलो क्षति हुने देखेपछि फिर्ता बोलाइएको खबरमा उल्लेख छ ।

‘सयौँ सैनिककाे जीवन र स्वास्थ्य जोगाउन हामीले सहरबाट उनीहरूलाई फिर्ता बोलाएर रक्षात्मक हुने निर्णय गरेका हौँ’, सेनाका कमान्डर स्टिरस्कीले भन्नुभएको छ । युक्रेनमा पछिल्लो समय केही कमजोर देखिएको रुसी आक्रमण फेरि बढिरहेको छ । अहिले कब्जा गर्न थालेको अव्डिभका सहर डोनेट्स्क क्षेत्रको प्रमुख र ठूलो सहर हो । यो सहर रुसले कब्जा गरेमा युक्रेनलाई गम्भीर धक्का पुग्ने खबरमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू