अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१८ | Colorodo: 19:33

गृह मन्त्रालयद्धारा प्रहरी कर्मचारी समायोजन समिति गठन

बिआरटीनेपाल २०८० फागुन ४ गते ७:४६ मा प्रकाशित

गृह मन्त्रालयले प्रहरी कर्मचारी समायोजन समिति गठन गरेको छ। शुक्रबार गृहका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दे प्रहरी समायोजनका लागि समिति गठन गरी काम थालिसकेको बताउनुभयो । मन्त्रालयका प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको हो। समितिमा मन्त्रालयका नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखाका सहसचिव सह(संयोजक, प्रहरी प्रधान कार्यालयका डिआइजी, गृहका उपसचिव सदस्य र मन्त्रालयका प्रहरी कर्मचारी प्रशासन शाखाका उपसचिव सदस्य सचिव रहेको ५ सदस्यीय समिति गठन गरेको हो।

उक्त समितिमा रहेका व्यक्तिहरूको नाम गृहले सार्वजनिक गरेको छैन। ‘प्रहरी कर्मचारी समायोजन समिति गठन भई प्रहरी कर्मचारी समायोजनसम्बन्धी कार्य थालनी भइसकेको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।समायोजनका कार्यहरू सम्पन्न गर्न गृहले उक्त समिति बनाएको बताइएको छ।

मन्त्रालयले २०७२ सालको संविधान तथा प्रहरी समायोजन ऐन, २०७६ बमोजिम समायोजन गरी संघीयता कार्यान्वयनलाई थप प्रभावकारी बनाउन पनि सरकार निरन्तर काम गरिरहेको उल्लेख छ। पछिल्लो समय प्रहरी समायोजन र संघीय प्रहरी ऐनका लागि गृहले तीव्र गतिमा काम गरिरहेको बताएको छ। प्रदेश सरकारको दबाबपछि केन्द्रले यसमा काम थालेको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू