अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३५ | Colorodo: 04:50

चुनाव नजिकिँदै गर्दा भारतमा विपक्षी दलकाे ‘बैंक खाता राेक्का’

बिआरटीनेपाल २०८० फागुन ४ गते ७:२६ मा प्रकाशित

भारतको प्रमुख प्रतिपक्षी दल इन्डियन कांग्रेसले आफ्नो पार्टीका सबै बैंक खाताहरू भारतको आयकर विभागले रोक्का गरिदिएको बताएको छ ।भारतमा चुनाव हुनुभन्दा केही महिनाअघि मात्रै प्रमुख प्रतिपक्षी दलले बैंक खाता रोक्का भएको दाबी गरेको बीबीसी हिन्दीले जनाएको छ । कांग्रेस नेता मल्लिकार्जुन खर्गेले आफ्नो पार्टीका बैंक खाता रोक्का गर्ने कदमलाई ‘प्रजातन्त्रमाथिको प्रहार’ भन्नुभएको बीबीसीको खबरमा उल्लेख छ । कांग्रेसको आरोपबारे सरकार र आयकर विभागले कुनै प्रतिक्रिया दिएका छैनन् ।

विभागले अनुसन्धानका लागि पार्टीका सबै खाताहरू रोक्का गरिएको जानकारी दिएको कांग्रेसका नेता अजय माकनले बताउनुभयो । नेता माकनका अनुसार पार्टीको खातामा मानिसहरूले अनलाइनमार्फत दिएको चन्दाबाट पैसा जम्मा हुने गरेको छ । पार्टीको युवा सङ्गठनको खातामा भने सदस्यता शुल्कबाट रकम जम्मा हुने गरेको छ । युवा सङ्गठन युथ कांग्रेसको खाता पनि रोक्का भएको उहाँले बताउनुभयाे । खाता रोक्का भएका कारण पार्टीका सबै गतिविधि प्रभावित भएको माकनले दाबी गर्नुभएको छ ।

पार्टीले सन् २०१८/१९ मा आयकरको विवरण बुझाउन ४५ दिन ढिला भएको कारण देखाउँदै यस्तो कारबाही गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विभागले पार्टीका खाताहरू फुकुवा गर्न दुई अर्ब भारतीय रुपैयाँभन्दा बढी रकम जरिबाना तिर्न भनेको कांग्रेस नेता माकनले बताउनुभएको छ । आलोचकहरूले नरेन्द्र मोदीको भारतीय जनता पार्टीले चुनाव नजिकिँदै गर्दा विपक्षी नेताहरूलाई दमन गर्न राज्य संयन्त्र दुरुपयोग गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू