अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०९ | Colorodo: 03:24

रुसी राष्ट्रपति पुटिनका आलाेचक नभाल्नीकाे जेलमा निधन

बिआरटीनेपाल २०८० फागुन ४ गते ७:१२ मा प्रकाशित

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलाेचक मानिएका एलेक्सी नभाल्नीकाे जेलमा आज निधन भएकाे कारागार प्रशासनले जनाएकाे छ ।४७ वर्षीय प्रतिपक्षी नेता नभाल्नीलाई केही समययता ठाउँसारी गरेर आर्क्टिक सर्कल जेलमा राखिएको थियो । केहीबेर हिँडेपछि बिरामी भएका नभाल्नी अचेत भएका र तत्कालै आपत्कालीन सेवालाई खबर गरे पनि बचाउन नसकेकाे बीबीसीले जनाएकाे छ । नभाल्नीकाे मृत्युकाे कारण पहिचान गर्ने प्रयास भइरहेकाे खबरमा उल्लेख छ ।

नभाल्नीलाई १९ वर्षको जेल सजाय सुनाइएको थियो । कतिपयले उनलाई लगाइएका अभियोगहरू राजनीतिक रूपमा प्रेरित भएको बताएका थिए ।सन् २०२० मा नभाल्नीलाई स्नायुमा असर गर्ने नोविचोक दिएर विषाक्त बनाइएको दाबी गरिएको थियो । साइबेरियाबाट मस्को जाने उडानमा रहेका बेला उहाँ बिरामी पर्नुभएकाे थियाे । त्यसपछि जर्मनीमा उपचार गराएर रुस फर्किएलगत्तै पक्राउ पर्नुभएका उहाँ त्यसयता जेलमै हुनुहुन्थ्याे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू