अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०२ | Colorodo: 19:17

देशमा हालसम्म लोकतान्त्रिक अभ्यास छैन : प्रमुख सचेतक परियार

बिआरटीनेपाल २०८० माघ २३ गते ४:३१ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले नेपालमा हालसम्म लोकतान्त्रिक अभ्यास हुन नसकेको बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै प्रमुख सचेतक परियारले देशमा हालसम्म लोकतान्त्रिक अभ्यास हुन नसकेको बताउनुभएको हो ।

प्रमुख सचेतक परियारले संसदमा दलित समुदायका सांसदहरुको प्रतिनिधित्व भएपनि मन्त्रिपरिषद्मा एकजना पनि फुल मन्त्री दलित समुदायको नहुनुले देशको लोकतान्त्रिक अभ्यासलाई छर्लङ्ग पार्ने बताउनुभयो । उहाँले अझैपनि महिला तथा दलितहरुको सहभागिताको सवालमा राज्य लोकतान्त्रिक हुन नसकेको बताउनुभयो । उहाँले देशमा संघीयता पनि अभ्यासमा आउन नसकेको टिप्पणी गर्नुभयो । उहाँले गणतन्त्रपनि राजतन्त्र भन्दा धेरै फरक नदेखिएको बताउनुभयो ।

प्रमुख सचेतक परियारले राजनीतिक दलहरुका कारण संसदको सार्वभौमिकता नरहेको पनि बताउनुभयो । उहाँले संसदको बैठक अझैपनि परम्परागत शैलीमा गर्ने गरिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू