अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:११ | Colorodo: 23:26

१९ वर्षमुनिको महिला साफ च्याम्पियनसिप फुटबल खेल्न जाने नेपाली टोलीको बिदाइ

बिआरटीनेपाल २०८० माघ १५ गते ४:११ मा प्रकाशित

अखिल नेपाल फुटबल सङ्घ एन्फाले बङ्गलादेशमा हुने १९ वर्षमुनिको महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टिमको बिदाइ गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्बाङ लगायत पदाधिकारीले नेपाली टोलीको बिदाइ गरेका हुन् ।

फेब्रुअरी २ तारिख अर्थात आउँदो शुक्रवार देखि ढाकामा शुरु हुने प्रतियोगितामा ४ टिम छन् । राउण्ड रोबिन लिगपछि शीर्ष २ टिमले फाइनल खेल्ने छन् । एन्फाका अध्यक्ष नेम्वाङले नेपाली टिमले बङ्गलादेशमा राम्रो नतिजा ल्याउने विश्वास गरे ।

प्रशिक्षकले सिकाएका कुरालाई खेलाडीहरूले मैदानमा प्रदर्शनमार्फत देखाउनुपर्ने उनको भनाइ छ । नेपालले पहिलो खेल फेब्रुअरी २ तारिख अर्थात आउँदो शुक्रवार बङ्गलादेश, फेब्रुअरी ४ मा भुटान र फेब्रुअरी ६ मा भारतसित खेल्ने तालिका छ ।

प्रतिक्रिया