अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५६ | Colorodo: 00:11

राइजिङ स्टारलाई हराउँदै आर्मी पाेखरा गाेल्ड कपकाे क्वाटरफाइनलमा

बिआरटीनेपाल २०८० माघ १० गते ६:१६ मा प्रकाशित

त्रिभुवन आर्मी क्लब २३ औँ आहा रारा पोखरा गोल्ड कप फुटबलकाे क्वाटरफाइनलमा पुगेकाे छ । पाेखरा रङ्गशालामा आज भएकाे खेलमा राइजिङ स्टार एफसीलाई १–० ले हराउँदै आर्मी क्वाटरफाइनलमा पुगेकाे हाे । आर्मीका लागि कप्तान भरत खवासले गोल गरे ।

अब आर्मीले क्वाटरफाइनलमा माघ १४ गते साविक विजेता सङ्कटा क्लबसँग खेल्नेछ । राइजिङ स्टार पहिलाे पटक पाेखरा गाेल्ड कपमा सहभागी भएकाे हाे । आर्मी ४ पटक प्रतियाेगिताकाे फाइनल पुगे पनि उपाधि जित्न सकेकाे छैन । प्रतियाेगितामा भाेलि मच्छिन्द्र क्लब र जावलाखेल क्लबबीच खेल हुनेछ ।

यही २० गतेसम्म चल्ने प्रतियोगितामा १२ वटा टोलीको सहभागिता छ । प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया