अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१८ | Colorodo: 23:33

इजरायललाई समर्थन गरेपछि दक्षिण अफ्रिकाले यू–१९ विश्वकपका कप्तानलाई हटायो

बिआरटीनेपाल २०८० पुष २८ गते ६:०० मा प्रकाशित

इजरायलको समर्थनमा बयान दिएको भन्दै दक्षिण अफ्रिकाले १९ वर्ष मुनिको क्रिकेट टोलीका कप्तान डेभिड टिगरलाई जिम्मेवारीबाट हटाएको छ । विश्वकप शुरु हुनुभन्दा एक हप्ताअघि दक्षिण अफ्रिकाले कप्तान टिगरलाई हटाएको हो ।

डेभिड टिगर यहूदी हुन् र उनले इजरायली सैनिकहरूको प्रशंसा गरेको बयानपछि लगातार आलोचनाको सामना गरिरहेका थिए । दक्षिण अफ्रिकाले आयोजना गरेको यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता जनवरी १९ बाट शुरु हुँदैछ ।

क्रिकेट साउथ अफ्रिका (सीएसए) ले एक विज्ञप्ति जारी गर्दै इजरायलको पक्षमा दिएको बयानका कारण कप्तान टिगरविरुद्ध प्रदर्शन हुने र आक्रमणको सम्भावनालाई ध्यान दिएर निर्णय लिइएको जनाएको छ ।

प्रतिक्रिया