अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०० | Colorodo: 20:15

सांसद सिंहद्धारा एनसेल खरिद बिक्रीविरुद्ध सर्वोच्चमा रिट दर्ता

बिआरटीनेपाल २०८० मंसिर २२ गते ६:०८ मा प्रकाशित

एनसेलको शंकास्पद शेयर खरिद बिक्री प्रकरणविरुद्ध बोलिरहेका सांसद अमरेशकुमार सिंहले सर्वोच्चमा रिट दायर गर्नुभएको छ । सिंहले शुक्रबार एनसेलको शेयर खरिद बिक्रीलाई मान्यता नदिन माग गर्दै विभिन्न ६ वटा निकायलाई विपक्षी बनाउँदै रिट दायर गर्नुभएको हो । सिंहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजश्व विभाग र एनसेललाई विपक्षी बनाएर रिट दायर गर्नुभएको हो ।

रिटको प्रारम्भिक सुनुवाइका लागि आइतबार पेशी तोकिएको सिंहले जानकारी दिनुभयो । सात वर्षअघि १ खर्ब ४४ अर्बमा एनसेलको ८० प्रतिशत शेयर खरिद गरेको मलेसियाको आजियाटा कम्पनीले हालसालै नेपाली संस्थापक रहेको बेलायती कम्पनी स्पेक्ट्रेलाइट युकेलाई जम्मा ६ अर्ब ५० करोडमा बिक्री गरेको छ। उक्त बिक्री कर छली र ६ वर्षपछि सरकारीकरण हुने क्रममा रहेको एनसेलको सम्पतीलाई रोक्नका लागि गरिएको जानकारहरुको दाबी छ।

कारोबारलाई शंकास्पद भन्दै संसदको सार्वजनिक लेखा समितिले मान्यता नदिन निर्देशन दिएको छ। त्यस्तै उच्च अदालत पाटनले पनि कारोबारलाई रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू