अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४४ | Colorodo: 19:59

दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान

बिआरटीनेपाल २०८० मंसिर २२ गते ५:४५ मा प्रकाशित

निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि आह्वान गरेको छ।आयोगले एक सूचना जारी गर्दै राष्ट्रियसभा निर्वाचनमा भाग लिने सबै राजनीति दललाई दर्ता गर्न आह्वान गरेको हो ।आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मङ्सिर २४ गतेदेखि २९ गतेसम्म दल दर्ताका लागि समय दिएको छ । चुनावी कार्यतालिकाअनुसार पुस १ गते दलहरूले चुनाव चिन्ह पाउने छन् ।

पुस ४ गते दर्ता भएका दलहरूको अन्तिम नामावली प्रकाशित हुनेछ । पुस १६ गते चुनावका लागि सात वटा प्रदेशको राजधानीमा निर्वाचन अधिकृत नियुक्ति र कार्यालय स्थापना गरिने छ ।आगामी फागुन २० गते एमालेका ९ सांसद , कांग्रेसका ४ जना माओवादीका ३ जना, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिन लागेको हो । संवैधानिक प्रावधान अनुसार, राष्ट्रिय सभा सदस्यहरूको पद रिक्त हुनु भन्दा एक महिना अगावै निर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू