अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५० | Colorodo: 20:05

अर्थतन्त्र सुधारको अनुभुति भएपनि जनतामा आशाको सञ्चार हुन सकेन : प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०८० मंसिर २१ गते ६:०९ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारको अनुभुति भएपनि जनतामा आशाको सञ्चार हुन नसकेको बताउनु भएको छ । काठमाडौंमा बिहीबार आयोजित उत्तरदायी व्यावसायिक सम्मेलन उद्घाटन गर्दै उहाँले पछिल्लो समय अर्थतन्त्रका तथ्याङ्कहरु हेर्दा सुधार भएको देखिए पनि जनतामा आशाको सञ्चार हुन नसकेको बताउनुभयो ।

आशा जगाउनका लागि सरकारले अझै मेहनत गर्नुपर्ने अवस्था रहेको भन्दै प्रधानमन्त्रीले अर्थतन्त्र सुधारका लागि सरकारले केही नयाँ घोषणा गर्ने तयारी गरेको दाबी पनि गर्नुभयो । बिहीबार मात्रै शासकीय सुधारका विषयमा वृहत छलफल गरेको भन्दै प्रचण्डले यस क्षेत्रमा केही नयाँ गर्नसके त्यसको प्रभावले अर्थतन्त्रमा पनि सुधार हुने अपेक्षा सरकारले गरेको बताउनुभयो । मुलुकको प्रमुख साझेदार निजी क्षेत्रमात्र नभएर सरकार र राज्यका सबै निकायहरु जिम्मेवार बन्न आवश्यक रहेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू