अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०६ | Colorodo: 19:21

एनसेलको विषयमा छलफल गर्न सार्वजनिक लेखा समितिले बोलायो बैठक

बिआरटीनेपाल २०८० मंसिर १९ गते ६:१० मा प्रकाशित

सार्वजनिक लेखा समितिले एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा प्रारम्भिक छलफल गर्ने भएको छ ।  समितिले छलफलका लागि बुधबार (भोलि) दिउँसो २ बजे बैठक आह्वान गरेको छ । बैठक सिंहदरबारस्थित भवन नं. १ को समितिको बैठक हलमा नै बस्ने बताइएको छ ।

एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर मलेसियन कम्पनी आजियाटाले पाँच करोड डलरमा हाल एनसेलकै साझेदार सतिशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्ने सहमति भएको छ । तर, नेपाल दूरसञ्चार प्राधिकरणलाई भने हालसम्म जानकारी दिइएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू