अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०३ | Colorodo: 19:18

नयाँ स्टक एक्सचेन्जमा घोटालाबारे छानबिन गर्न कर्मचारी संघको माग

बिआरटीनेपाल २०८० मंसिर १७ गते ७:०५ मा प्रकाशित

नेपाल स्टक एक्सचेन्ज (नेप्से) कर्मचारी संघले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरणका क्रममा भएको भनिएको मिलेमतोबारे छानबिन गर्न माग गरेको छ ।

विभिन्न सञ्चारमाध्यममा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरणमा धितोपत्र बोर्डका उच्च अधिकारी र व्यापारिक समूहबीच आर्थिक मिलेमतो भएको भन्ने विषय बाहिरिएको भन्दै संघले सोबारे छानबिन गर्न माग गरेको हो । सो विषयमा दोषी भेटिए कडाभन्दा कडा कारबाही गर्नुपर्ने कर्मचारी संघको माग छ ।

आइतबार कर्मचारी संघले एक विज्ञप्ति निकाल्दै नयाँ स्टक एक्सचेन्जको लाइसेन्समा घोटाला नभएको भए नेतृत्वले प्रतिवाद गर्नुपर्नेमा जोड दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू