अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३६ | Colorodo: 05:51

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले भूकम्प सम्बन्धी भर्चुअल सेमिनार गर्दै

बिआरटीनेपाल २०८० मंसिर १५ गते ११:४३ मा प्रकाशित

अमेरिका । जय नेपाल इन्टरनेशनल फाउन्डेसनले डिसेम्बर २, २०२३ (मङ्सिर १७, २०८०) को नेपाली समय अनुसार बिहान ०९:०० बजे “लिबिंग विथ भूकम्प” नामक भर्चुअल सेमिनार गर्न लागेको छ ।

भूकम्प सम्बन्धी सचेतना जगाउने उद्देश्यले संस्थाले कार्यक्रम गर्न लागेको संस्थाका अध्यक्ष डा. यादव पण्डितले बिआरटी नेपाललाई बताए । एक दिन चल्ने सेमिनारमा डा. सुबोध ढकाल, डा. केशव शर्मा, डा. शिवा सुबेदी, डा. सतिश मानन्धरले पेपर प्रस्तुत गर्नेछन् । सेमिनारमा पेनालिस्टको रूपमा कर्णाली प्रदेशका मन्त्री वेदराज सिंह, डा. राजु अधिकारी, मोती बहादुर कुँवर, डा. मन्दिप सुबेदी, डा. राजेन्द्र श्रेष्ठ र जय नेपाल इन्टरनेशनल फाउनडेशनका अध्यक्ष डा. यादव पण्डित रहेका छन ।

कार्यक्रमको सञ्चालन डा. नीरज श्रेष्ठले गर्न लागेका छन् भने प्रत्यक्ष प्रसारण बिआरटी नेपाल डट कमको फेसबुक पेज (https://www.facebook.com/brtnepaldotcom)बाट हुनेछ ।

जुम मार्फत सञ्चालन हुने सेमिनारमा सहभागी हुनको लागि तल उल्लेखित मिटिङ आई डी प्रयोग गर्नु पर्नेछ ।

Zoom ID:- 93721692038
Password:- 2023

मिति:- शनिबार, डिसेम्बर २, २०२३ (मङ्सिर १७, २०८०)

अमेरिका समय:- कोलोराडो समय साँझ ८:१५, न्युयोर्क समय साँझ १०:१५

नेपाली समय: आईतवार बिहान मंसिर १७ गते बिहान ९:०० बजे

प्रतिक्रिया