अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५६ | Colorodo: 23:11

नेपालमा लगानी गर्न यूएईका व्यवसायीलाई प्रधानमन्त्री प्रचण्डको आग्रह

बिआरटीनेपाल २०८० मंसिर १५ गते ५:४६ मा प्रकाशित

संयुक्त अरब इमिरेट्स (यूएई) पुग्नु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानी गर्न यूएईका उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन ‘कोप–२८’ मा सहभागी हुन युएई पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले त्यहाँका लगानीकर्तासँग नेपालमा पूँजी परिचालन गर्न आग्रह गर्नुभएको हो ।

युएईको राजधानी अवुधाबीमा नेपाल–दुबई व्यापार मञ्चलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालमा पूँजी प्रवाह गरी त्यसको प्रतिफल उठाउन आह्वान गर्नुभएको हो । दुबइ उद्योग वाणिज्य संघसँगको सहकार्यमा अवुधाबीस्थित नेपाली राजदूतावास र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले वैदेशिक लगानी भित्र्याउन नेपाल सरकारले अवलम्बन गरेका नीतिगत सुधारबारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा युएइका अर्थराज्यमन्त्री अब्दुल्लाह अहमद मोहम्मद अल सालेहले युएइ र नेपालबीचको आर्थिक सम्बन्धलाई अझ सबल तुल्याउन घनिभूत सहकार्य तथा साझेदारी अपरिहार्य भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू