अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५७ | Colorodo: 19:12

अहिले पनि श्री ५ महाराजधिराज लेख्ने असंवैधानिक काम भयो : अध्यक्ष ओली

बिआरटीनेपाल २०८० मंसिर १४ गते ५:५० मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकमा अन्योल र निराशा बढेर विदेश पलायन हुँदै जाँदा प्रतिक्रियावादी शक्तिहरू सल्बलाउन थालेको जिकिर गर्नुभएकाे छ ।आज बिहीवार बैतडीको गोठलापानीमा आयोजित महाकाली–मेची अभियानअन्तर्गतको सभामा अध्यक्ष ओलीले यस्ताे बताउनुभएकाे हाे । उहाँले अहिले राजाको शालिक बनाएर श्री ५ महाराजधिराज लेखी असंवैधानिक काम भइरहेको टिप्पणी गर्नुभयाे । उहाँले गणतन्त्रको विरोध गर्ने दुःसाहसी काम भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नागरिकमा अन्योल र निराशा बढ्दै जाँदा नागरिक विदेशतिर पलायन हुँदै गएको हुनाले अहिले प्रतिक्रियावादी प्रतिगामी शक्तिहरू मौका आउँछ कि भनेर दुलाबाट टाउको निकालेर फेरि सलबलाउन खोजेका छन् । अहिले राजाकाे शालिक बनाएर श्री ५ महाराजधिराज भनेर लेखेर तमासा गर्ने असंवैधानिक काम भइरहेको छ । गणतन्त्रको विरोध गर्ने, त्यो दुःसाहसी काम भइरहेको छ । हामी पछाडि फर्किन सक्दैनाैँ, फेरि हामी रैति हुन सक्दैनौँ ।’ अध्यक्ष ओलीले अब गरिबी, अभाव, भोकमरीको अन्त्य गर्नुपर्ने र त्यो काम सरकारको भएको उल्लेख गर्नुभयाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू