अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२१ | Colorodo: 19:36

बक्यौता र ऋण चुक्ता गरेसँगै सञ्चालन नाफामा आयल निगम

बिआरटीनेपाल २०८० मंसिर १४ गते ५:४० मा प्रकाशित

नेपाल आयल निगम बक्यौता र ऋण मुक्त भएको छ । निगमले इन्डियन आयल कर्पोरेसनको बक्यौता र सरकारको सबै ऋण चुक्ता गरेको हो ।निगमले लामो समयसम्म इन्डियन आयाल कर्पोरेसनलाई बक्यौता तिर्न सकेको थिएन । जसले गर्दा कर्पोरेसनले बक्यौता तिर्न निगमलाई पत्रसमेत पठाएको थियो । निगमका प्रवक्ता मनोजकुमार ठाकुरले गत पुसमा लिएको ७ अर्ब ऋण सरकारलाई तिरेको बताउनुभयो ।

‘सरकारसँग १० किस्तामा तिर्ने गरी निमगले लिएको ७ अर्ब ऋण ५ किस्तामै तिरेका छौं । अन्तिम किस्ता ७० करोड अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयलाई गत मंगलबार तिरेका हौं’, उहाँले भन्नुभयो, ‘इन्डियन आयाल कर्पोरेसनलाई पनि सबै बक्यौता भुक्तानी गरेका छौं ।’उमेशप्रसाद धानी कार्यकारी निर्देशक भएर आउँदा निगमले करिब १५ अर्ब बक्यौता तिर्न बाँकी थियो । त्यो बक्यौता र ऋण गरेर निगम करिब ५० अर्ब घाटामा थियो । उनै थानीले निगमलाई बक्यौता र ऋण मुक्त बनाउनुभएको हो । निगमले स्वचालित मूल्य प्रणाली लागू गर्न नसक्दा घाटामा गएको थियो । अहिले पनि स्वचालित मूल्य प्रणाली सञ्चालन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोक्नुभएको छ ।

हाल निगमलाई पेट्रोलमा ३ र डिजेल तथा मट्टीतेलमा साढे २ रुपैयाँ फाइदा छ । खाना पाकाउने ग्यासमा भने प्रतिसिलिन्डर २८० रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । ग्यासको घाटा कटाएर पनि निगम हाल केही नाफामा रहेको छ । बक्यौता र ऋण मुक्त भएपछि निगम पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारीमा लागेको छ । स्रोतका पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी छ । तर, ग्यासको भने केही मूल्यवृद्धि हुनसक्छ । ग्यासमा धेरै घाटा भएको कारण पूर्ण रुपमा स्वचालित मूल्य प्रणाली लागू गर्नेतर्फ निगम लागेको बताइन्छ । स्वचालित मूल्य प्रणालीअनुसार बिक्री मूल्य निर्धारण गर्दा पेट्रोलको परल मूल्यमा २.५ प्रतिशत र डिजेलको परल मूल्यमा २ प्रतिशत मुनाफा राख्न पाइने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू