अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३७ | Colorodo: 08:52

प्रतिताेला २ हजार तीन सय रूपैयाँले बढ्याे सुनकाे मूल्य

बिआरटीनेपाल २०८० मंसिर १ गते ६:२० मा प्रकाशित

नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । कार्तिक २७ गतेदेखि बन्द रहेको सुनको कारोबार आज खुल्ला भएको दिन भारी मात्रामा बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार तीन सय रुपैयाँले बढेरर छापावाल प्रतितोला १ लाख १५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजावी सुन तोलामा १ लाख १४ हजार नाै सय पचास रुपयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि भारी मात्रामै बढेको छ । कारोबारको अन्तिम दिन कार्तिक २७ गते प्रतितोला १ हजार तीन सय साठी रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बजार खुलेकै दिन ९० रुपैयाँले बढेर १ हजार चार सय पचास रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू