अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५६ | Colorodo: 04:11

हिजो रेकर्ड बनाएको सुनको भाउ आज तोलामा १२ सय रुपैयाँ घट्यो

बिआरटीनेपाल २०८१ जेठ ८ गते ४:५६ मा प्रकाशित

सुनको भाउ आज तोलामा १२ सय रुपैयाँले घटेको छ । हिजो अहिलेसम्मकै उच्च भएको सुनको भाउ आज १२ सय रुपैयाँले घटेर तोलाको एक लाख ४० हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ हिजो अहिलेसम्मकै उच्च तोलाको एक लाख ४१ हजार आठ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाकाे एक हजार आठ सय ८५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू