अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२९ | Colorodo: 13:44

नेपालमा पर्यटक आगमनको संख्या बढ्दै

बिआरटीनेपाल २०८० कार्तिक ३० गते ३:१५ मा प्रकाशित

सन् २०२३ को १० महिनामा आठ लाख नौ हजार ६ सय ७८ विदेशी पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार अक्टोबर महिनामा मात्रै हवाई मार्ग भएर एक लाख १७ हजार ३०६ पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांकले देखाएको छ ।

सन् २०२२ को यही अवधिमा ८८ हजार ५८२ पर्यटक नेपाल भित्रिएका थिए । अहिले सिजन भएकाले पर्यटकको संख्या अझै बढ्न सक्ने सरकारको अनुमान छ ।

सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड १९ को महामारीपछि विदेशी पर्यटकको संख्या बढ्दै गएको जनाएको छ । मन्त्रालयका अनुसार अहिले ट्रेकिङ क्षेत्रमा पर्यटकको भीडभाड बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू