अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३३ | Colorodo: 07:48

आजदेखि कोरला नाका सञ्चालनमा आउँदै

बिआरटीनेपाल २०८० कार्तिक २६ गते २०:३२ मा प्रकाशित

सोमबारदेखि कोरला नाका दुवैतर्फ सञ्चालनमा आउने भएको छ । आज नेपाल तथा चीन दुवै देशका अधिकारीहरुले औपचारिक रुपमा नाकाको उद्घाटन गर्ने जनाइएको छ ।माथिल्लो मुस्ताङका स्थानीयको अवस्था बुझेर उनीहरुलाई लक्षित गरी नाका सञ्चालन गर्न चीन सरकारले अहिलेलाई नाका खोल्न लागेको हो ।

नाका सञ्चालन गर्न नेपालतर्फ कुनै भौतिक संरचना नभएका कारण चीन सरकारले अस्थायी भवन निर्माणका लागि कन्टेनर उपलब्ध गराएको छ । नाकामा आवतजावतका लागि एक महिनाअघि प्रवेश अनुमतिपत्र वितरण गरिएको थियो । अनुमतिपत्रका आधारमा माथिल्लो मुस्ताङका नागरिक कोरला नाकामा आवतजावत गर्न पाउने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो ।

उनीहरुले अनुमतिपत्रका आधारमा कोरला नाकादेखि ३० किलोमिटर चीनको क्षेत्रसम्म पुगेर जुनसुकै बेला व्यावसायिक कारोबार गर्न पाउने बताइएको छ । कोरोना महामारीका कारण बन्द भएको यो नाका चार वर्षपछि सञ्चालनमा आउन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू