अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०९ | Colorodo: 09:24

शेयर बजार ४ अङ्कले घट्यो, ९७ करोड रुपैयाँको कारोबार

बिआरटीनेपाल २०८० कार्तिक २ गते ७:१५ मा प्रकाशित

दशैँ बिदाअघिको अन्तिम दिन आज बिहीवार शेयर बजार सामान्य घटेको छ । हिजो बुधवार उच्च अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज चार दशमलव शून्य पाँच अङ्कले घटेर एक हजार नौ सय तीन दशमलव ८४ विन्दुमा झरेको छ ।आज सबैभन्दा धेरै अपर सोलु जलविद्युत् कम्पनीको शेयर झन्डै साढे आठ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज सिटिजन्स म्युचुअल फन्ड–२ को शेयर भने झन्डै छ प्रतिशतले बढेको छ ।

आज ३७ लाख ६६ हजार कित्ता शेयर ९७ करोड छ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै नबिल बैंकको प्रमोटर शेयर पाँच करोड ९० लाख र प्रभु बैंकको प्रमोटर शेयर पाँच करोड १५ लाख रुपैयाँमा किनबेच भएको छ । भोलि शुक्रवार र पर्सिदेखि दशैँ बिदा शुरु हुने भएकाले शेयर बजार अब आउँदो १२ गतेमात्रै खुल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू