अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४१ | Colorodo: 22:56

इटालीमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु

बिआरटीनेपाल २०८० असोज १७ गते ७:४१ मा प्रकाशित

इटालीको भेनिस शहरमा बस फ्लाइओभरबाट खसेर आगलागी हुँदा दुई बालबालिकासहित २१ जनाको मृत्यु भएको छ । मेस्ट्रे जिल्लामा रहेको फ्लाइओभरको बेरियर तोड्दै बस रेलवे ट्र्याकमा खस्न पुगेको थियो । मृत्यु हुनेमा ५ जना युक्रेनी नागरिक, १जना जर्मन नागरिक र इटालीका ड्राइभर रहेको अधिकारीहरूले जानकारी दिएका छन् ।

बस पर्यटकहरूलाई भेनिसबाट मर्घेरा जिल्लामा रहेको क्याम्प साइटमा लैजान भाडामा लिइएको बताइएको छ । बस मिथेन ग्यासबाट चल्ने भएकाले बिजुलीको तारमा खस्दा आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । गृहमन्त्री माटेयो पियान्टेडोसीले मृतकको संख्या बढ्न सक्ने बताएका छन् । घटनामा कम्तीमा १८ जना घाइते भएका छन् जसमध्ये ५ जनाको अवस्था चिन्ताजनक रहेको बताईएको छ ।

दुर्घटना के कारणले भयो भन्ने खुलेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू