अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४८ | Colorodo: 00:03

चीनबाट रकम लिएको आरोपमा भारतीय पत्रकारहरुका घरमा प्रहरीको छापा

बिआरटीनेपाल २०८० असोज १६ गते ६:३२ मा प्रकाशित

भारतको दिल्ली पुलिसले अनलाइन पत्रिका न्युजक्लिकका पत्रकारहरुका घरमा छापा मारेको छ । राजधानी नयाँदिल्ली र आसपासमा बस्ने कम्तिमा ३० जना पत्रकारहरुको घरमा छापा मारिएको हो । दिल्ली पुलिसको विशेष टोलीले पत्रकार र न्युजक्लिक सम्वद्ध ब्यक्तिहरुका घरमा छापा मारेर उनीहरुले प्रयोग गर्ने ल्यापटप, मोबाइल र अन्य विद्युतीय सामग्रीहरु नियन्त्रणमा लिएको छ । तीन जना पत्रकारहरुलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

न्युजक्लिक अनलाइनमा भएको लगानीलाई लिएर भारतको प्रवर्तन निर्देशनालयले केही दिन अघि उक्त अनलाईनको कार्यालयमा छापा मारेको थियो । उक्त अनलाइनमा चिनियाँ कम्पनीको लगानी रहेको आशंकामा छापा मारिएको हो । प्रवर्तन निर्देशनालयको अनुसन्धानले न्युजक्लिकमा चिनियाँ कम्पनीबाट प्रत्यक्ष लगानी स्वरुप ९ करोड ५९ लाख र सर्विस एक्स्पोर्ट मार्फत २८ करोड ४६ लाख रुपयाँ आएको फेला परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू