अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३४ | Colorodo: 00:49

स्पेनको एउटा नाइट क्लबमा आगलागी हुँदा ७ जनाकाे ज्यान गयाे

बिआरटीनेपाल २०८० असोज १४ गते ७:२७ मा प्रकाशित

स्पेनको एउटा नाइट क्लबमा आज आइतवार बिहान भएको आगलागीमा परि कम्तीमा सात जनाको ज्यान गएकाे तथा अन्य चार जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।

दक्षिणपूर्वी सहर मर्सियाको क्लबमा भएको आगलागीमा ज्यान गुमाएका चार जनाको शव फेला परेको उद्धारमा संलग्न आपत्कालीन सेवाका एक जना उद्धारकर्ताले एएफपीलाई बताएका छन् । वारुणयन्त्रका कर्मचारी तथा स्थानीय सङ्घ–संस्था आगो निभाउन, खोज तथा उद्धारमा अहिले पनि सक्रिय छन् ।

आपत्कालीन सेवाका कर्मचारीले सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्बिरहरूमा पानीको फोहोराबाट आगो निभाइएको, क्लबबाट धुँवाको मुस्लो निस्किएको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू