अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३४ | Colorodo: 00:49

बढ्दो तौलका कारण न्युयोर्क सहर वर्षेनी भासिँदै गएको प्रतिवेदन सार्वजनिक

बिआरटीनेपाल २०८० असोज १३ गते ६:४९ मा प्रकाशित

अमेरिकाको न्युयाेर्क सहरमा बाढीका कारण आपतकाल घोषणा भएको छ । आँधीपछि आएको बाढीका कारण जनजीवन प्रभावित भएपछि न्युयाेर्कका गभर्नर क्याथी होचुलले आपतकाल घोषणा गर्नुभएको बीबीसीले जनाएको छ । लगातार ठूलो वर्षा भएपछि न्युयाेर्कका सडक र बस्तीमा बाढी पसेको छ । सडक, विद्युत लगायतका सेवा अवरोध भएकाे बीबीसीले जनाएको छ ।

न्युर्योकको जनजीवन ठप्प जस्तै भएको छ । यसैबीच अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बढ्दो तौलका कारण न्युयोर्क सहर लगातार डुबिरहेको प्रतिवेदन सार्वजनिक गरेको छ । नासाको जेट प्रोपल्सन ल्याबोरेटरी र रुटजर्स युनिभर्सिटीले संयुक्त रुपमा तयार पारेको प्रतिवेदनमा सन् २०१६ देखि २०२३ सम्ममा लागार्डिया विमानस्थल ४ दशमलव ६ मिलिमिटर डुबिसकेको उल्लेख छ । जमिन तलतिर जाँदै गर्दा समद्रको सतह माथि आउन थालेको अध्ययनको निष्कर्ष छ ।

प्रतिवेदनमा अनुसन्धानकर्ताहरूले न्युयाेर्कको तटीय क्षेत्रलाई बाढीबाट जोगाउन निरन्तर चुनौती रहेको उल्लेख गरेका छन । न्युयाेर्क सहरका १० लाखभन्दा बढी भवनको तौल झण्डै १७ ट्रिलियन पाउण्ड रहेको र जसका कारण सहर बिस्तारै भासिँदै गएको प्रतिवेदनमा भनिएको छ । उपग्रहको रडारबाट डाटा प्रोसेसिङ प्रविधि प्रयोग गरिएको अध्ययनले पछिल्लो वर्षहरुमा न्युयाेर्कको सहरी क्षेत्रमा हरेक वर्ष झण्डै एक दशमलव ६ मिलिमिटर सतह तल जान थालेको देखिएको प्रतिवेदनमा उल्लेख रहेको सीएननले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू