अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३६
| Colorodo: 07:51
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका र चीनको औपचारिक भ्रमण सकेर शनिबार स्वदेश फर्किनु भएको छ । संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत भदौ ३० गते अमेरिका प्रस्थान गर्नुभएको थियो ।
उतैबाट असोज ६ गते चीन पुग्नु भएका प्रधानमन्त्री शनिबार चीनको छेन्दुबाट काठमाडौं फर्किनु भएको हो । छेन्दुबाट प्रस्थान गर्दा सिचुवान प्रान्तका भाइस गभर्नर, नेपालका लागि चिनियाँ राजदूतलगायतले प्रधानमन्त्री प्रचण्डलाई बिदाइ गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डलाई त्रिभुवन विमानस्थलमा सरकारका मन्त्री र उच्च पदस्थ कर्मचारीहरूले स्वागत गरेका थिए ।