अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५६ | Colorodo: 04:11

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच औपचारिक भेटवार्ता

बिआरटीनेपाल २०८० असोज ६ गते ६:४६ मा प्रकाशित

चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच औपचारिक भेटवार्ता भएको छ। शनिबार दिउँसो हाङझावमा राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री प्रचण्डबीच औपचारिक भेटवार्ता भएको हो। नेपालबाट हाङ्झाव पुगेका प्रतिनिधि मण्डल र चीनका अधिकारीहरू पनि औपचारिक भेटवार्तामा सहभागी भएका थिए ।

भेटवार्तापछि प्रधानमन्त्री १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सरिक हुनेछन्। आइतबार प्रधानमन्त्री प्रचण्ड चीनको राजधानी बेइजिङ जानुहुनेछ । बेइजिङमा उहाँले सेप्टेम्बर २५ मा आफ्ना चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ । त्यसैगरी राष्ट्रिय जनकङ्ग्रेसका स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यसूची छ। यसैगरी चीनस्थित नेपाली राजदूतावासले आयोजना गर्ने रात्री भोजमा सहभागी हुनुका साथै चीन–नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ। ​

प्रधानमन्त्री प्रचण्डले २६ सेप्टेम्बरमा चीनको चोङकिङ महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्नुका साथै त्यसपछि नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जानुहुनेछ । प्रधानमन्त्री प्रचण्ड आफ्नो प्रतिनिधिमण्डलसहित यही सेप्टेम्बर ३० मा नेपाल फर्कने कार्यक्रम छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू