अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५६ | Colorodo: 00:11

नेदरल्याण्डका राजाद्वारा देशमा गरिबी रोक्न आह्वान

बिआरटीनेपाल २०८० असोज ४ गते ७:२७ मा प्रकाशित

नेदरल्याण्डका राजा विलेम अलेक्जेण्डरले अर्को आम संसदीय चुनावको करिब दुई महिना अगाडि देशमा गरिबीको वृद्धि रोक्न ध्यानाकर्षण गराउनुभएको छ । नेदरल्याण्डलाई बाहिरबाट हेर्दा सार्वजनिक सेवा राम्रो र बलियो भएको देशका रुपमा चिनिने भन्दै उहाँले अर्थव्यवस्था आकर्षक भएको देश नेदरल्याण्ड रहेको बताउनुभयो ।

डच केन्द्रिय तथ्यांक ब्युरोले बढ्दो मुद्रास्फितीको परिणामस्वरुप डच जनसंख्याको क्रयशक्ति गत वर्ष २०२२ को तुलनामा १.२ प्रतिशतले घटेको बताएसँगै राजाको यो सन्देश आएको हो । जुन नेदरल्याण्डमा ४० वर्षमा सबैभन्दा ठूलो गिरावट हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू