अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२३ | Colorodo: 00:38

युद्धग्रस्त यमनमा खडेरीको चुनौति

बिआरटीनेपाल २०८० असोज ३ गते ५:४७ मा प्रकाशित

वर्षौंदेखिको अशान्तिको बोल्ले दबिएका यमनी जनता अहिले निरन्तर खडेरीको चुनौति सामना गरिरहेका छन् । यसले यमनको कृषि क्षेत्रको लागि झनै खतरा निम्त्याएको छ । कृषि क्षेत्र युद्धग्रस्त यमनी जनताका लागि जीवन जिउने माध्यम हो ।सानाको बाहिरी भागमा रहेका गाउँहरुमा सुख्खा र फुटेको माटो, सुख्खा इनारहरु देखिएका छन् । राजधानीबाट करिव १० किलोमिटर उत्तरपूर्वमा रहेको सावन गाउँमा पानीको जलाशय सुकेका छन् । यस वर्ष यमनमा कम वर्षा भएको छ । जसकारण कृषि क्षेत्रमा उल्लेख्य अन्नबाली लगाउन जनताले सकेका छैनन् ।

हालैको एक प्रतिवेदनमा संयुक्त राष्ट्र (युएन) ले जलवायु परिवर्तन सम्बन्धी प्राकृतिक प्रकोपहरुले युद्धग्रस्त देशमा मानवीय संकट बढाएको र मौसमी घटनाले सिंचाई सुविधा ध्वस्त पारेको बताएको छ । यमनमा खाद्यान्न र जीविकोपार्जनमा असुरक्षा बढ्दै गएको छ । संयुक्त राष्ट्रसंघका अनुसार यमनमा २०२२ यता प्राकृतिक प्रकोप र अन्य प्रकोपका कारण बिस्थापित व्यक्तिहरुको संख्या दोब्बर भएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू