अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४२ | Colorodo: 05:57

परराष्ट्रमन्त्री साउद र राष्ट्रसंघका उपमहासचिवबीच भेटवार्ता

बिआरटीनेपाल २०८० असोज १ गते ६:५२ मा प्रकाशित

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका परराष्ट्रमन्त्री एनपी साउद र राजनीति तथा शान्ति स्थापना मामिलाका लागि राष्ट्रसङ्घीय उपमहासचिव रोजम्यारी डी कार्लोबीच भेटघाट भएको छ ।

उहाँहरुबीच आइतबार भेटवार्ता भएको हो । भेटमा विश्व शान्ति र सुरक्षाका बारेमा छलफल भएको राष्ट्रसङ्घका लागि नेपाली नियोगले जनाएको छ । साथै शान्ति स्थापनाका लागि खेल्नुपर्ने विभिन्न मुद्दाहरूमा छलफल भएको बताइएको छ ।

भेटघाटको अवसरमा परराष्ट्र सचिव भरतराज पौड्याल, राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू