अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०३ | Colorodo: 06:18

विदेशमा रहेका नेपालीलाई मताधिकारबाट बञ्चित हुन दिन्नौं – प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०८० भदौ ३१ गते २१:५२ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीहरुलाई मतदानको व्यवस्था गरिने बताउनुभएको छ । उहाँले विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई आग्रह गरेको जानकारी दिंदै कसैलाई पनि मतदानको अधिकारबाट बञ्चित हुन नदिने बताउनुभयो । संयुक्त राष्ट्र संघको ७८ औं महासभामा सहभागी हुन आइतबार न्युयोर्क जानुभएका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरुसँगको भेटमा सामाजिक सञ्जालको दुरुपयोग बढेकोप्रति सरकार गम्भीर भएको भन्दै अव त्यसको नियमनका लागि विशेष पहल गरिने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तो सुकै कदम चाल्न पनि तयार रहेको पनि बताउनुभएको छ ।

प्रधानमन्त्रीले सरकारले गरेका राम्रा र सकारात्मक कुराहरुलाई भन्दा पनि कसरी बदनाम गर्न सकिन्छ भन्ने गिरोह सक्रिय रहेको आरोप लगाउनुभयो। अर्को प्रसंगमा प्रधानमन्त्री प्रचण्डले पार्टी पंक्तिको उपल्लो तहमै केहि समस्या देखिएको भन्दै अव त्यसलाई सच्याएर जानुको विकल्प नरहेको ठहर गर्नुभयो । न्युयोर्कमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्वोधन गर्नुअघि प्रधानमन्त्री प्रचण्डले अल्पविकसित राष्ट्रको अध्यक्षको हैसियतले विभिन्न साईडलाईन बैठकमा सहभागिता जनाउने कार्यक्रम रहेको छ। उहाँले अल्पविकसित राष्ट्रको अध्यक्ष भएका कारण पनि अहिले महासभामा सहभागी हुनै परेको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले सेप्टेम्बर २१ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू