अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४१ | Colorodo: 10:56

सरकारले भ्रष्टाचारविरोधी अभियानलाई विश्राम नदिइ अगाडि बढाउँछ -उपप्रधानमन्त्री श्रेष्ठ

बिआरटीनेपाल २०८० भदौ २० गते ६:१२ मा प्रकाशित

नेपाल सरकारका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरोधी अभियानलाई विश्राम नदिइ अगाडि बढाउने बताउनुभएको छ । सामुदायिक रेडियो माडीको १३औँ वार्षिकोत्सव समारोहलाई बुधबार माडीमा सम्बोधन गर्दै उहाँले यस अभियानमा सम्झौता नगरी अगाडि बढ्ने स्पष्ट पार्नुभयो । ”यो मेरो मात्रै नभइ सरकारको पनि संकल्प हो । यस अभियानलाई विश्राम लिने छैनौँ”, मन्त्री श्रेष्ठले भन्नुभयो। यस अभियानलाई देशका सबै बुद्धिजीवी, नागरिक समाजले साथ दिइरहेको भन्दै उहाँले सबैप्रति आभार व्यक्त गर्नभयो ।

भ्रष्टाचारविरोधी कतिपय कदम चाल्दा अप्ठ्याराले आफूहरुलाई समस्या पारेको भन्दै मन्त्री श्रेष्ठले भन्नुभयो, ‘हाम्रो मिसन र ध्ययमा हामी सम्झौता गर्ने छैनौं । ‘सरकार तथा गृहमन्त्री दृढताका साथ टिक्छन् त ?’ ‘भन्ने चिन्ता र चासो आम जनसमुदायमा रहेको आफूले अनुभूति गरेको भन्दै मन्त्री श्रेष्ठले यस बीचमा भएका कतिपय घटनाक्रमले जनसमुदायमा चासो बढाउनु स्वाभाविक भए पनि सरकार भ्रष्टाचारविरोधी अभियानमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

सरकारी जग्गा, सुन तस्करी र शरणार्थी प्रकरणका अपराधी तथा तस्करलाई कानुनको कठघरामा उभ्याएरै छोड्ने गृहमन्त्री श्रेष्ठले दृढता व्यक्त गर्नुभयो । देशमा ठूलो राजनीतिक परिवर्तन भएको भन्दै गृहमन्त्री श्रेष्ठले राजनीतिक परिवर्तनलाई परिवर्तनमा मात्रै सीमित नबनाएर यसलाई माध्यम र साधन बनाएर सामाजिक, आर्थिक रुपान्तरण गर्ने चाहना रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू