अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१९ | Colorodo: 05:34

सबै कम्युनिष्टलाई जोड्ने सपना छ- प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०८० भदौ १५ गते ८:११ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरु एक ठाउँमा हुन जरूरी रहेको बताउनुभएको छ ।शुक्रबार पोखरामा समाजवादी मोर्चा नेपाल, गण्डकी प्रदेशस्तरीय सन्देशसभामा बोल्दै प्रधानमन्त्री दाहालले समाजवादी मोर्चालाई मोर्चामै सीमित नराखी सबै कम्युनिष्टलाई जोडेर जाने सपना रहेको बताउनुभयो । उहाँले राष्ट्रवादी, देशभक्त र समाजवादतर्फ आस्था राख्नेलाई जोडेर एउटै कम्युनिस्ट पार्टी बनाउने उद्देश्य पार्टीले राखेको बताउनुभयो ।

आगामी दिनमा देशको नेतृत्व कम्युनिष्टले नै गर्ने प्रधानमन्त्री दाहालको दाबी छ । सरकारमा सुशासनतर्फ राम्रो काम भएको भन्दै प्रधानमन्त्री दाहालले सत्ता गठबन्धन पनि यसतर्फ सकारात्मक रहेको बताउनुभयो । प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वमा सरकार बन्दा खस्कदो अर्थतन्त्रलाई उकास्न मौद्रिक र वित्तिय नीतिमार्फत संकटलाई समाधान गर्नतर्फ केन्द्रित रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू