अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१६ | Colorodo: 12:31

निजी विद्यालय सञ्चालकहरूको आन्दोलन स्थगित

बिआरटीनेपाल २०८० साउन २६ गते ७:११ मा प्रकाशित

निजी विद्यालय सञ्चालकहरूले प्रस्तावित शिक्षा विधेयकविरुद्ध घाेषणा गरेको आन्दोलन फिर्ता लिएका छन् । शुक्रवार सरकारको तर्फबाट आन्दोलनरत पक्षका माग सम्बोधन गर्ने प्रतिबद्धता आएको भन्दै उनीहरूले आन्दोलनकाे सबै कार्यक्रम फिर्ता लिएको बताएका हुन् ।मन्त्रिपरिषदबाट पारित शिक्षा विधेयक २०८० विरुद्ध विद्यालय बन्द गर्नेसम्मका कार्यक्रम घोषणा गरेका निजी विद्यालय सञ्चालकहरूले माग सम्बोधन गर्ने प्रतिबद्धता आएसँगै आन्दोलनका कार्यक्रम स्थगित गरेको प्याब्सनका अध्यक्ष डिके ढुंगानाले बताउनुभयो । उहाँले सरकारले सरोकारवाला पक्षलाई समेटेर प्रस्तावित शिक्षा ऐन अघि बढाउने प्रतिबद्धता जनाएको जानकारी दिनुभयाे ।

उहाँले सरकारको आश्वासनअनुसार सर्वस्वीकार्य शिक्षा ऐन आउने आशा पलाएको बताउनुभयो । अहिले कम्पनी ऐनअनुसार सञ्चालित विद्यालयहरूलाई पाँच वर्षभित्र गुठीमा रूपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरी विधेयक ल्याउन लागेको भन्दै निजी विद्यालयका सञ्चालकहरूले आन्दोलनकाे घाेषणा गरेका थिए ।

प्रतिक्रिया