अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२४ | Colorodo: 22:39

ललिता निवास प्रकरणका आरोपीलाई पक्राउ गर्न नमिल्ने अन्तरिम आदेशविरुद्ध प्रहरी सर्वोच्चमा

बिआरटीनेपाल २०८० असार १९ गते ७:०३ मा प्रकाशित

ललिता निवास जग्गा हिनामिना प्रकरणका आरोपीलाई पक्राउ गर्न नमिल्ने अन्तरिम आदेशविरुद्ध नेपाल प्रहरीले सर्वोच्च अदालतमा निवेदन दिएको छ । ललिता निवास प्रकरणमा जोडिएका १७ जनालाई पक्राउ नगर्न यसअघि दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आज मङ्गलवार सर्वाेच्च अदालतमा निवेदन दिएको हो । आफूहरूलाई पक्रन नमिल्ने भन्दै १७ जनाले यसअघि नै सर्वोच्चबाट अन्तरिम आदेश लिएका कारण प्रहरीलाई यो प्रकरणको अनुसन्धानमा समस्या भइरहेको छ ।

पक्राउ परेकामध्ये कलाधर देउजा, हुपेन्द्रमणि केसी र सुरेन्द्रमान कपालीलाई अन्तरिम आदेश लिएकै कारण प्रहरीले तत्कालै छाड्नुपरेको थियो । आज महान्यायाधिवक्तामार्फत सर्वोच्चमा निवेदन दिएको र अन्तरिम आदेश खारेज भएमा ललिता निवास जग्गा हिनामिना प्रकरणकाे अनुसन्धानलाई अघि बढाउन थप सहज हुने सीआईबीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू