अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५४ | Colorodo: 20:09

सीमाको सुरक्षाका लागि सरकार संवेदनशील छ : प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०८० असार ८ गते ६:०५ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमाको सुरक्षाका लागि सरकार संवेदनशील रहेको बताउनुभएको छ । शुक्रवार आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले देशको सिमानाको सुरक्षाप्रति सरकार संवेदनशील रहेको बताउनुभएको हो ।

उहाँले देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता लगायत राष्ट्रियहितको रक्षाको लागि पनि सरकार संवेदनशील र प्रयत्नशील रहेको बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय सीमा सुरक्षालाई थप सबल, सदृढ र प्रभावकारी बनाउन सीमा स्तम्भहरुको नियमित मर्मत, सम्भार गर्दै जाने विषय सरकारको प्राथमिकतामा रहेको बताउनु भयो । त्यस्तै, बोर्डर आउटपोष्टहरुको सुदृढीकरण र थप ठाउँमा आउटपोष्ट निर्माण गर्दै जाने विषय सरकारको प्राथमिकतामा रहेकाे बताउनु भयाे ।

उहाँले भन्नुभयो – ‘नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, सिमानाको सुरक्षा, राष्ट्रिय एकता लगायत राष्ट्रियहितको रक्षाको लागि सरकार संवेदनशील र निरन्तर प्रयत्नशील रहेको छ । अहिलेसम्म स्थापना भएका २ सय ५० बोर्डर आउटपोष्टहरुमध्ये १ सय २८ वटाको भौतिक संरचना निर्माण भएको र चालु आर्थिक वर्ष २०७९/८० सम्ममा थप १० बोर्डर आउटपोष्टहरु निर्माण सम्पन्न हुनेछन् । र यो विषयमा सरकार गम्भीर रहेको छ । ‘ प्रधानमन्त्री प्रचण्डले चालु आर्थिक वर्षमै १० वटा बोर्डर आउटपोष्टहरु निर्माण सम्पन्न हुने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू