अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२८ | Colorodo: 20:43

प्रधानमन्त्री प्रचण्डको पहलमा एनआरएनएको विवाद समाधान

बिआरटीनेपाल २०८० असार ३ गते ६:०५ मा प्रकाशित

गैरआवासीय नेपाली संघ (एनआरएनए)को विवाद समाधान भएको छ। १० औं महाधिवेशनपछि दुई समूहमा विभाजित भएको एनआरएनए अन्ततः एउटै बन्ने सहमति भएको छ। दुई पक्षबीच एकतासम्बन्धी चार बुँदे सहमति भएको हो। प्रधानमन्त्री प्रचण्डको पहलमा दुई समूहमा विभाजित एनआरएनए एक भएको हो। एनआरएनएको विवाद मिलाउन पूर्वअर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले पनि भूमिका खेल्नुभएको थियो । आइतबार दुबै समूहबीच भएको वार्तापछि प्रधानमन्त्री प्रचण्ड र प्रभाकरको उपस्थितिमा दुई समूहले एकतासम्बन्धी सहमतिमा हस्ताक्षर गरेका हुन्।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले दुई समूह भएका कारण सरकारलाई समन्वय गर्न केही असहज भएको बताउँदै एकठाउँमा आएकोमा खुसी लागेको बताउनुभयो। प्रधानमन्त्रीले दुइटै विधानलाई परराष्ट्रबाट प्रमाणित गराई एउटै बनाउन सुझावसमेत दिनुभयो । विभाजित एनआरएनएलाई एकताबद्ध बनाउन अध्यक्ष डा. बद्री केसी, अध्यक्ष विनोद कुँवरले लामो समयदेखि वार्ता र संवादलाई जारी राख्नुभएको थियो । जानकी गुरुङ र डिबी क्षेत्रीको संयोजकत्वमा वार्ता समिति बनाइएको थियो। उपाध्यक्ष आरके शर्मालगायत सहभागी हुनुहुन्थ्यो ।विभाजन भएको संस्था एकताबद्ध बनाउन ठूलो कार्य भएको र बाँकी कामको लागि परराष्ट्र मन्त्रालयमा छलफल हुने अध्यक्ष विनोद कुँवरले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू