अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०५ | Colorodo: 20:20

वामदेव गाैतमकाे पार्टी सदस्यता एमालेमै छ : ओली

बिआरटीनेपाल २०८० जेठ २४ गते ७:०३ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामदेव गाैतमकाे पार्टी सदस्यता एमालेमै रहेको बताउनुभएकाे छ । बुधवार दिउँसाे सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीले ७० वर्षे उमेर हद हटाउने हो भने वामदेव गौतमले एमालेमा आउने कुरा गर्नु भयो नि भनी प्रश्न गरेका थिए । ओलीले अब थप केही कुरा छ र भन्ने प्रतिक्रिया दिनुभयो ।

उहाँले यसबीचमा पनि गौतमले पार्टी एकता अभियान चलाएको र नयाँ पार्टी नबनाएको बताउनुभयो । ओलीले भन्नुभयो, ‘उहाँले सदस्यता त्यहीँ (एमालेमा) छ भन्नुभयो होइन । अनि कुरा बाँकी छ केही थप कुरा ? उहाँले बीचमा पार्टी होइन एउटा फोरम बनाउनुभयो । एकता अभियान चलाउनुभयो । त्यो अभियानमात्रै हो । पार्टी खोलेको होइन । उहाँको पार्टी सदस्यता एमालेमै छ ।’

अध्यक्ष ओलीले एमालेमा जान्छु भन्ने गौतमको भनाइ ठिक भएको पनि बताउनुभयो । आजै गाैतमले सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ आफूसँग रहेका साथीहरूसहित एमालेमै फर्कन आफू तयार रहेको प्रतिक्रिया दिनुभएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू