अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०७ | Colorodo: 05:22

नागरिकता विधेयक बिरोधमा काठमाडौंमा प्रदर्शन

बिआरटीनेपाल २०८० जेठ १९ गते ६:५८ मा प्रकाशित

राष्ट्रपति कार्यालयबाट प्रमाणीकरण भएको नागरिकता विधेयक बिरोधमा काठमाडौंमा प्रदर्शन भएको छ ।शुक्रवार काठमाडौंको माईतीघरमा नागरिकता विधेयक प्रमाणीकरण भएको बिरोधमा प्रदर्शन भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते नागकिरता विधेयक प्रमाणीकरण गर्नुभएको थियो । नागरिकता विधेयक प्रमाणीकरण असंवैधानिक भएको भन्दै अहिले विभिन्न स्थानमा बिरोध भइरहेको छ ।

यसकै बिरोधमा आज माईतीघरमा राष्ट्रवादी केन्द्र नेपालले नागरिकता विधेयक खारेजी र अखण्ड नेपालको पक्षमा बिरोध प्रर्दशन गरेको छ । उनीहरुले माईतीघरमा ढ्यांग्रो ठटाएर बिरोध जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू