अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३४ | Colorodo: 06:49

”भारत भ्रमण निक्कै महत्त्वपूर्ण”- प्रधानमन्त्री प्रचण्ड, भारतीय समकक्षीप्रति आभार व्यक्त

बिआरटीनेपाल २०८० जेठ १९ गते ६:४२ मा प्रकाशित

भारत भ्रमणमा रहेनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चौथो राजकीय भ्रमण महत्त्वपूर्ण भएको बताउनुभएको छ । भ्रमणका क्रममा भारतमै रहनुभएका प्रधानमन्त्री प्रचण्डले समाजिक संजाल ट्विटरमार्फत भ्रमण महत्वपूर्ण भएको दावी गर्नुभएको हो । प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार र भारतीय जनताप्रति अभार प्रकटसमेत गर्नुभएको छ ।

“प्रधानमन्त्रीको रूपमा मेरो चौंथो राजकीय भारत भ्रमण नेपालको राष्ट्रिय हित र नेपाल–भारत सम्बन्धका दृष्टिले निकै महत्त्वपूर्ण अनुभूत भइरहेको छ,” प्रधानमन्त्रीको अफिसियल ट्विटरमा भनिएको छ, “न्यानो आतिथ्य र महत्त्वपूर्ण समझदारीका लागि महामहिम प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकार, र भारतीय जनताप्रति आभार प्रकट गर्दछु ।” गत बुधबारदेखि भारत भ्रमणमा रहनुभएका उहाँ भ्रमण सकेर शनिबार स्वदेश फर्कर्दै हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू