अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४६ | Colorodo: 22:01

प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा, नयाँदिल्लीमा क्वात्रा र डोभालद्धारा भेटवार्ता

बिआरटीनेपाल २०८० जेठ १७ गते ७:३१ मा प्रकाशित

नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जानुभएको छ । चारदिने भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल प्रचण्डसँग भारत सरकारका विदेश सचिव विनयमोहन क्वात्रा र सुरक्षा सल्लाहकार अजित डोभालले भेटवार्ता गर्नुभएको छ । भारत भ्रमणको पहिलो दिन प्रधानमन्त्री प्रचण्ड नयाँदिल्लीस्थित मौर्य होटलमा रहनुभएको छ । विमानस्थलमा स्वागतपछि प्रधानमन्त्री प्रचण्ड होटल पुग्नुभएको थियो ।

सोही होटलमा प्रधानमन्त्री प्रचण्डलाई भेट्न क्वात्रा र डोभाल होटल पुग्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डलाई बुधबार दिउँसो इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्रालयका राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गर्र्नुभएको थियो ।

तेस्रो पटक प्रधानमन्त्री बनेपछि प्रचण्डको यो पहिलो भारत भ्रमण हो । प्रधानमन्त्री प्रचण्डको भ्रमण दलमा परराष्ट्रमन्त्री एमपी साउदसहित पाँच मन्त्रीहरू सहभागी हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्ड र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच बिहीबार हैदराबाद हाउसमा दुई पक्षीय वार्ता हुने तालिका रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू