अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२६ | Colorodo: 08:41

चीन–रुस व्यापार मञ्च अन्य देशहरुसँग पारस्परिक सहयोगका लागि इच्छुक

बिआरटीनेपाल २०८० जेठ १० गते ६:१६ मा प्रकाशित

चीन–रुस व्यापार मञ्च अन्य देशहरुसँग पारस्परिक सहयोगका लागि इच्छुक देखिएको छ ।चीनले रुसलगायत अन्य देशहरूसँग पारस्परिकरूपमा लाभदायक सहयोगलाई सुदृढ गर्न, खुला विश्व अर्थतन्त्रको निर्माण गर्न, उच्च गुणस्तरको बेल्ट एण्ड रोडको प्रवर्द्धन गर्न इच्छुक रहेको चिनियाँ प्रधानमन्त्री ली छ्याङले बताउनुभएको छ ।प्रधानमन्त्री ली छ्याङले चीन–रुस व्यापार मञ्चलाई बधाई सन्देश पठाउँदै दुई देशका प्रमुखले गरेको सहमतिलाई कार्यान्वयन गर्न यो मञ्च महत्त्वपूर्ण भएको उल्लेख गर्नुभएको छ ।

चीन रुससँग आर्थिक र व्यापारिक गतिविधि आदानप्रदान र विस्तार गर्न एवम् सहयोग प्रवर्द्धन गर्न इच्छुक रहेको लीले सन्देशमा उल्लेख गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।यो मञ्चले दुई देशका व्यापारिक वर्गलाई आफ्ना गतिविधि आदानप्रदान र सहयोगलाई सुदृढ गर्न राम्रो मञ्च प्रदान गरेको पनि प्रधानमन्त्री ली छ्याङको भनाइ छ । दुई देशका उद्यमीहरूले आफ्नो आवश्यकताअनुसार सहयोगको सम्भावनाको उपयोग गर्ने सन्देशमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू