अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०४ | Colorodo: 20:19

बारा २ मा उपेन्द्र यादवको अग्रता कायमै, पछ्याउँदै शिवचन्द्र कुशवाहा

बिआरटीनेपाल २०८० वैशाख १२ गते ४:४१ मा प्रकाशित

बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले आफ्नो अग्रता कायमै राख्नु भएको छ।पछिल्लो मत गणनाको परिणामअनुसार जसपाका उम्मेदवार उपेन्द्र यादवले १५४७३ मत पाउनु भएको छ ।

उहाँका प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले भने १० हजार ७३९ मत प्राप्त गर्नु भएको छ। यादव कुशवाहाभन्दा ४ हजार ७३४ मतले अगाडि हुनुहुन्छ । तेस्रो स्थानमा नेकपा एमालेका पुरूषोत्तम पौडेल रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू