अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०३ | Colorodo: 07:18

अफगानिस्तानबाट सैनिक ढिला फर्कियो- अमेरिकी प्रतिवेदन

बिआरटीनेपाल २०७९ चैत २५ गते ७:०५ मा प्रकाशित

अमेरिकाको एक अनुसन्धानात्मक प्रतिवेदनले अमेरिका अफगानिस्तानबाट अस्वाभाविक र असहज फिर्ती हुनुभन्दा पहिले नै सहजरूपले फिर्ता भएको भए राम्रो हुने देखाएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । राष्ट्रिय सुरक्षा परिषद्ले सन् २०२१ अगष्टमा अमेरिकी सैन्य उपस्थिति फिर्ताको बारेमा सरकारको निस्कर्ष जारी गर्दै एक्कासि अस्वाभाविक निर्णय गरेको थियो । उक्त निर्णयको सर्वत्र आलोचना पनि भएको थियो ।

काबुलको अन्तरराष्ट्रिय विमानस्थलबाट मानिसलाई बाहिर निकाल्दै गर्दा इस्लामिक स्टेटसमर्थितको आत्मघाती बम आक्रमण हुँदा १३ जना अमेरिकी सेना र १७० भन्दा बढी सर्वसाधारणको ज्यान गएको थियो । अमेरिकी सेना फिर्ता भएको केही दिनमै अफगान सरकारको पतन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू