अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२० | Colorodo: 18:35

मन्त्रिपरिषद् विस्तार

बिआरटीनेपाल २०७९ चैत १७ गते ८:०३ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे छ । गएको पुस १० गते नियुक्त हुनुभएका प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) लगायतका दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । नयाँ मन्त्रीहरूले आजै शपथ ग्रहण गरेका छन् ।साताैँ पटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि सरकारले अझै पूर्णता भने पाएको छैन । प्रधानमन्त्री प्रचण्डसँग अझै कानुन न्याय तथा संसदीय मामिला, परराष्ट्र, वन तथा वातावरण, स्वास्थ्य तथा जनसङ्ख्या र युवा तथा खेलकुद मन्त्रालय रहेको छ ।

विस्तारित मन्त्रिपरिषदमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का दाेस्राे वरीयतासहित उपप्रधान एवम् रक्षा मन्त्री बन्नुभएकाे छ । यस्तै नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तेस्राे वरीयतामा रहँदै उपप्रधान एवम् गृह मन्त्री बन्नुभएकाे छ । यसैगरी नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसाल चाैथाे वरीयतासहित कृषि तथा पशुपक्षी मन्त्री बन्नुभएकाे छ । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष पाँचाैँ वरीयतामा रहँदै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बन्नुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू