अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४३ | Colorodo: 08:58

मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्छ : अध्यक्ष ओली

बिआरटीनेपाल २०७९ चैत १६ गते ५:५० मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताउनुभएको छ ।बिहीबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले मिटरब्याजीहरुलाई कारबाही गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले मिटरब्याज लिने ऋणीहरुले पनि सचेत हुन आवश्यक रहेको बताउनुभयो । उहाँले ऋण पायो भन्दै जहाँतहीँबाट ऋण लिन नहुने बताउनुभयो । उहाँले आम नागरिकहरु बेलैमा सचेत भइ मिटरब्याज कारोबारमा फस्नु नहुने बताउनुभयो ।

अध्यक्ष ओलीले फागुन १ गते हिंसा दिवस भएको भन्दै त्यसलाई राष्ट्रिय उत्सवका रुपमा बिदा दिइएको बताउनुभयो । उहाँले अबदेखि वार्षिक क्यालेण्डरका रुपमा रहनेगरी निर्णय भएको जानकारी पाएको भन्दै सार्वजनिक बिदाका रुपमा राखिए क्यालेण्डरबाट हटाउने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू